दफा ४५
हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले झुट्ठा कुरा दर्ता गरेमा सजाय
: हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको र सो काम दर्ता किताब खडा गरी राख्नुपर्ने गरी कर्तव्य तोकिएको व्यक्तिले नगएको ठाउँमा गएको वा डेलिभरी नगरेको हुलाक वस्तु डेलिभरी गरेको भन्ने कुरा विश्वास परोस् भन्ने मनसायले दर्ता किताबमा कुनै झुट्ठा कुरा दर्ता गरेमा वा गराएमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।